एउटै वार्डका १४ जना नर्स एकै पटक गर्भवती

एउटै वार्डका १४ जना नर्स एकै पटक गर्भवती

काठमाडौं : अमेरिकी राज्य मिसौरीको एक अस्पतालका सबै नर्स एकै पटक गर्भवती भएका छन्। मिसौरीको क्यानसस सिटिस्थित ल्युक्स इस्ट हस्पिटलको नवजात शिशु वार्डमा कार्यरत १४ जना नर्स एकै पटक गर्भवती भएका हुन्। 

अस्पतालकी नर्स केट्लिन हलले नर्सले गत जुन ३ मा छोरी जन्माएपछि अन्य नर्सहरुको पनि जमघट भएको थियो। एउटै वार्डमा कार्यरत अन्य १४ वटा नर्स गर्भवती भएको सोही जमघटबाट थाहा भएको थियो।

एउटै वार्डमा काम गर्ने केही सहकर्मी गर्भवती भएको थाहा पाएपछि उनीहरु सबैले एकपछि अर्को आफूहरु गर्भवती भएको घोषणा गर्दै सामूहिक तस्बिर खिचाएका थिए। 

ती नर्सहरुको सुत्केरी हुने समय आगामी डिसेम्बर रहेको छ। उनीहरु सबैले आफू कार्यरत अस्पतालमै एकसाथ बच्चा जन्माउने छन्। 

-फक्स न्युजबाट

असार १५, २०७९ बुधबार ११:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।