रुसका विपक्षी नेता इल्या यासिन मस्कोबाट पक्राउ 

रुसका विपक्षी नेता इल्या यासिन मस्कोबाट पक्राउ 

एजेन्सी : रुसी विपक्षी नेता इल्या यासिनलाई मस्कोमा पक्राउ गरिएको उनका वकिल भदिम प्रोखोरोभले मंगलबार जानकारी दिएका छन्। उनीमाथि प्रहरीको अवज्ञा गरेको आरोप लागेको फेसबुकमा प्रोखोरोभले लेखेका छन्। 

यासिनलाई जेलमा राख्ने, रिहा गर्ने वा घरमै नजरबन्दमा राख्ने भन्ने मस्कोको एक अदालतले मङ्गलबार निर्णय गर्न सक्ने बताइएको छ। यस आरोपमा अधिकतम १५ दिनको जेल सजाय हुन सक्ने प्रवधान रहेको प्रोखोरोभले बताएका छन्।  

यासिनलाई आफ्ना व्यक्तिहरुलाई भेट्न अनुमति दिएइएको छैन्। मंगलबार बिहान एक ट्वीटमा यासिनले सेल्फी पोस्ट गर्दै भने कि उनी अदालतको सुनुवाइमा जाँदै गरेको र ‘मलाई १५ दिनको हिरासतको औपचारिक रूप दिनेछ’। विवरण पछि बताउनेछु भनेका छन्। 
 
यासिनलाई सोमबार ढिलो पक्राउ गरिएको र उनी आफ्नो साथी इरिना बाब्लोयनसँग मस्कोको पार्कमा टहलिरहेका थिए। उनले जानकारी दिएका छन्। आफ्नो गिरफ्तारीको समयमा कसम खार्दै आफूले प्रहरीको अपमान नगरे र यो कुरा सत्य नभएइको उनले जानकारी दिएका छन्।

यासिन सन् २०११–२०१२ मा राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध भएको जनप्रदर्शनपछि रुसमा प्रमुख प्रतिपक्षी व्यक्तित्वका रूपमा रहेका थिए। उनी जेलमा परेका विपक्षी व्यक्तित्व अलेक्सई नाभाल्नीको सहयोगी हुन् । सन् २०१५ मा मध्य मस्कोमा मारिएका विपक्षी नेता बोरिस नेम्त्सोभको नजिक थिए।

उनले मस्को शहर जिल्लाको प्रतिनिधित्व गर्ने निर्वाचित प्रतिनिधि हुन्। हाल युक्रेनमा रुसले जारी राखेको आक्रमणको उनल निन्दा गरेका छन्। 

असार १४, २०७९ मंगलबार १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।