चारधाम यात्रा : ६० दिनमा २ सय १ तीर्थयात्रीको मृत्यु 

चारधाम यात्रा : ६० दिनमा २ सय १ तीर्थयात्रीको मृत्यु 

उत्तराखण्डट : भारतको उत्तराखण्डमा जारी चारधाम यात्रामा २०१ तीर्थारुको मृत्यु भएको छ । ६० दिनको अन्तरालमा चारधाम यात्रामा निस्केका २०१ तिर्थयात्रीको मृत्यु भएको हो। 

भारतको आपतकालिन केन्द्र देहरादुनले जारी गरेको रिपोर्टअनुसार केदारनाथ रुटमा ९५, बद्रीनाथ धाममा ५१, गंगोत्री मा १३ र ४२ यामुनोत्री गरी चारधाम यात्रामा २०१ ले ज्यान गुमाएका छन् । भारी वर्षा, पहिरो र कठिन यात्राका कारण यस वर्ष सो सङ्ख्यामा तीर्थारुको मृत्यु भएको हो । मृत्यु हुनेमा सबैभन्दा बढी बुढापाकाहरू रहेका छन् । तीर्थारुको आकस्मिक उपचारका लागि सो क्षेत्रमा भारत सरकारले यस वर्ष १७८ स्वास्थ्यकर्मी खटाएको हिन्दुस्तान टाइम्समा उल्लेख छ । 

गत मे ३ देखि सुरु भएको थियो चारधाम यात्रा आगामी अक्टोबरसम्म चल्नेछ । हालै जारी सरकारी तथ्याङ्कले चारधाम यात्रामा मृत्यु भएकाहरूको सङ्ख्या देखाएको भारतीय मिडियामा उल्लेख छ । नेपाल र भारत गरी हालसम्म २ लाख ५० हजार तिर्थयात्रीहरुले यस वर्षको चारधाम यात्रा गरिसकेको र मौसम खराबीका कारण गत हप्तादेखि तिर्थारुको सङ्ख्या घटेको बताइएको छ । 

असार १४, २०७९ मंगलबार १५:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।