ह्यापी फेस विश्वको सबैभन्दा नराम्रो कुकुर घोषित, जित्यो एक हजार अमेरिकी डलर

ह्यापी फेस विश्वको सबैभन्दा नराम्रो कुकुर घोषित, जित्यो एक हजार अमेरिकी डलर

एजेन्सी : जनावर अझ त्यसमा पनि कुकुर प्राय अधिकांशलाई प्रिय नै लाग्छन्। विश्वमा कुकुर सम्बन्धी सौखिनहरूले विभिन्न प्रतियोगिता समेत आयोजना गर्छन्। यस्तै एक प्रतियोगिता भयो क्यालिफोर्निया। प्रतियोगिता चैँ विश्वको सबैभन्दा नराम्रो कुकुर छान्ने। यसमा विजेता बन्यो ह्यापी फेस नामक चिनिया प्रजातिको कुकुर।

सन् २०२१ मा एरिजोनाको जेनेडा बनेलीले पाल्न थालेको यसको उमेर १७ वर्ष भयो। सन् २०२२ का लागि भएको प्रतियोगितामा यही कुकुर विजेता बन्यो। कोभिडका कारण सन् २०२० र २०२१ मा यो प्रतियोगिताको आयोजना हुन सकेन।

यो कार्यक्रमको उद्देश्य अलपत्र परेका कुकुरहरूलाई अभिभावक खोज्ने हो। ह्यापी फेस कुकुर सबैभन्दा नराम्रो घोषित भएसँगै उसले एक हजार अमेरिकी डलर जितेको छ भने एनबिसीको टुडे कार्यक्रममा सहभागी समेत हुन पाउने छ।

वृद्ध कुकुरलाई पनि माया र स्याहार आवश्यक पर्ने भन्दै कार्यक्रम आयोजकहरूले हरेक वर्ष यो प्रतियोगिताको आयोजना गर्ने गरेको छ। उनले ह्यापी फेसको उमेर र उसलाई लागेको अनेक रोगबारे आफूले जानकारी पाएपछि कुकुरसँग प्रेम भएको र आफूले उसलाई स्वीकार गरेको उल्लेख गरेकी छिन्।

असार १४, २०७९ मंगलबार १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।