बाढीले बुटवलको बिजोग [फोटोकथा]
![बाढीले बुटवलको बिजोग [फोटोकथा]](https://www.ukeraa.com/images/news/16564027831656402783.png )
बुटवलः मङ्गलबार बिहान केही घण्टा परेको वर्षाले बुटवल क्षेत्रमा बाढी नै ल्यायो। मुख्य सडकमा पानी जमेर पैदलयात्री र सवारी साधनलाई समेत अफ्ठ्यारो भयो भने ज्योतिनगर क्षेत्रमा घर-घरमा पानी पस्यो।
वर्षाको भेल पानी मात्र पसेन, लेदो मिश्रित पानी पस्यो। कतिपय घर तथा संरचना भत्किए। भेलमा ढुंगा समेत बगाएर ल्याएको हुँदा घर भत्किएका हुन्।
क्षतिको पूर्ण विवरण आइसकेको छैन। मानवीय क्षति भने भएको छैन।
चुरेको काखमा रहेको ज्योतिनगरको बस्तीमा गत वर्षदेखि पहिरो खस्न थालेको हो। हाल जेसीबीको सहाराले ढुंगा पन्छाउने काम भइरहेको छ।
असार १४, २०७९ मंगलबार १३:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।