एकैछिनको वर्षाले बुटवलको मुख्य सडकमा बाढी
बुटवलः मङ्गलबार बिहानैदेखि परेको भीषण वर्षाका कारण बुटवलको सडक जलमग्न भएको छ। मुख्य सडक क्षेत्रमा बाढी पसेको छ।
सडक जलमग्न र हिलाम्य भएपछि पैदलयात्रीलाई समस्या भएको छ भने सवारी आवागमनमा समेत समस्या भएको छ। मुख्य बजार क्षेत्रमै पानीको उचित निकास नहुँदा निर्माणाधीन सडकबाटै भेल बगेको छ।
यतिबेला कालिकानगरको मुख्य सडकमा पानी जमेको छ। अस्पताल लाइनमा पनि पानी जम्मा भएको छ। तिनाउ नदीमा पानीको सतह बढेको छ।
लामो समयदेखि चर्चाको विषय बनेको राजमार्ग चौराहा–गोलपार्क ६ लेन सडक विस्तारको काम समयमै नहुँदा यो समस्या आएको हो।
पछिल्लो समय सडक मर्मतमा निर्माण कम्पनीले सक्रियता देखाउँदै सडक सम्याउने तथा कालोपत्रेको काम गरे पनि त्यसअघि नै सक्नुपर्ने नाली व्यवस्थापनको काम नगर्दा सडक वर्षामा जलमग्न भएको छ।
असार १४, २०७९ मंगलबार ०९:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।