रामकुमारीलाई रुवाई छाडे माधव नेपालले, मन्त्रीबाट राजीनामाको घोषणापछि आँसु पुच्छै भनिन् 'भन्ने कुरा धेरै छैन'

रामकुमारीलाई रुवाई छाडे माधव नेपालले,   मन्त्रीबाट राजीनामाको घोषणापछि आँसु पुच्छै भनिन् 'भन्ने कुरा धेरै छैन'

काठमाडौँ : सहरी विकास मन्त्री पदबाट जवर्जस्ती राजीनामा दिनुपरेपछि मन्त्री रामकुमारी झाँक्री निकै भावुक बनिन्। शनिवार प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेर आफ्नो पार्टीको अध्यक्षलाई सम्झाउन आग्रह गरेकी उनले बाध्य भएर आइतबार राजीनामाको घोषणा गरिन्।

बिदाइमा सिंहदरबारभित्र रहेको मन्त्रालयको कार्यकक्षमा उनले सीमित पत्रकारमाझ पत्रकार सम्मेलन गरेकी थिइन्। उनले पटक-पटक टेबलमा रहेको टिस्यु पेपर झिक्दै आँसु पुछिरहिन्। 

बिदाइका लागि मायाको चिनो दिइसकेपछि झाँक्री बोल्न थालेकी थिइन्। उनले आँसु पुच्छै भनिन् ‘जिम्मेवारी दिनुहुने पार्टी, विश्वास गर्ने प्रधानमन्त्री अनि सहयोग गर्ने मन्त्रालयको टिमप्रति धेरै धन्यवाद दिन चाहन्छु।'

उनले'भन्ने कुरा त धेरै छैन' भन्दै अन्तिममा भनिन्'काम गर्दै जान्छु।’ उनी सम्बोधनमा अड्की-अड्की बोलिरहेकी थिइन्।

असार १२, २०७९ आइतबार १८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।