पोखरा महानगरपालिकाको अवरुद्ध नगर सभाको बैठक सुरु हुने
पोखरा : पोखरा महानगरपालिकाको अवरुद्ध नगर सभाको बैठक सुरु हुने भएको छ। आज दिउसो ४ बजे पोखरा सभागृहमा सुरु भएको ११ औँ नगर सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै एमालेका नगर सभा सदस्यहरूले अवरोध गरेका थिए।
एमालेका नगर सदस्यले नाराबाजी गरेपछि स्थगित भएको नगर सभा महानगरका मेयर धनराज आचार्य र एमालेका सदस्यबिच सहमति भएकाले आज बेलुका ८ बजे बजेट प्रस्तुत गर्ने टुङ्गोमा पुगेको हो।
महानगरका मेयर धनराज आचार्यको अध्यक्षतामा बस्ने नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले बजेट भाषण प्रस्तुत गर्ने कार्यक्रम छ। यसअघि नगर सभाबाट बजेट पारित हुनुअगाडि नै बजेटको रातो किताबमा प्रकाशन गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले विरोध जनाएसँगै नगर सभा रोकेर छलफल थालिएको थियो।
असार १०, २०७९ शुक्रबार १९:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।