एमाले जनप्रतिनिधि नआएपछि हेटौडा उपमहानगरको नगर सभा बसेन
हेटौँडा : एमालेबाट निर्वाचित जनप्रतिनिधि नआएपछि हेटौँडा उपमहानगरपालिकाको नगर सभा हुन सकेन।
एमालेबाट निर्वाचित जनप्रतिनिधि उपस्थित नहुँदा नगर सभाका लागि आवश्यक गणपूरक सङ्ख्या पुग्न सकेन। गणपूरक सङ्ख्या नपुगेपछि नगर प्रमुख मिनाकुमारी लामाले नगर सभा स्थगित भएको घोषणा गरेकी थिइन्।
शुक्रवार बिहान १० बजे नगर सभा बोलाइएको थियो। उपमहानगरमा ९५ जना सदस्य रहेका छन्। त्यसमा शुक्रवार ४० जना मात्रै उपस्थित थिए। हेटौँडाको प्रमुख लामा एकिकृत समाजवादीबाट निर्वाचित भएकी हुन्।
असार १०, २०७९ शुक्रबार १६:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।