छानबिन समितिलाई एकराजको जवाफः 'आर्थिक लेनदेन थियो, तर घरमा आएर हुलहुज्जत गर्ने वलीलाई कारबाही हुनपर्छ'
बुटवल । आफ्ना ‘प्रेमी’ भनिने एकराज बस्नेतको घरमा पुगेर ‘मेरो पोई खोई रु’ भन्दै उदन्डा मच्चाएकी लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य राज्य तथा परिवार कल्याण मन्त्री विमला वली र ‘प्रेमी’ भनिने एकराज बस्नेतका बीचमा आर्थिक लेनदेनको कारोबार रहेको खुलेको छ।
जेठ ३१ गते बिहान राज्यमन्त्री वली तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा गई वलीले एकराजकी श्रीमती मीना र साढे ३ वर्षकी छोरीमाथि कुटपिट गरेकी थिइन। घटना भएको दोस्रो दिन प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वली घटनाबारे सत्य तथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो।
त्यही छानबिन समितिलाई दिएको बयानमा वाइसियलका नेता समेत रहेका बस्नेतले आर्थिक लेनदेनको कारोबार वलीसँग भएको स्वीकार गर्दै कारोवार आफूको भएकोले छोराछोरी र श्रीमती सँग गरिएको दुर्व्यवहार र कुटपिटको सजाय उनले पाउनु पर्ने बताएका छन्।
आफू घरमा नभएको अवस्थामा परिवार र बच्चामाथि गरेको व्यवहार असोभनिय रहेको भन्दै राज्यमन्त्री वली त्यस बापत कारबाहीको भागिदार हुनुपर्ने उनले छानबिन समितिलाई भनेका छन्। ‘मेरो र उहाँकाबीचमा साढे ६ लाख जतिको लेनदेन भएको हो तर त्यो रकम पनि मैले राज्यमन्त्रीज्यूकै आग्रहमा उहाँकै काममा खर्चिएको हो।’ उनले छानबिन समितिलाई भनेका छन्। उनले राज्यमन्त्री वली सँग हिसाब मिलान गर्छु भन्दा भन्दै पनि घरमै गएर गरिएको व्यवहार आफूलाई पनि सैय नभएको बताएको स्रोतले बतायो।
पछिल्लो समय राज्यमन्त्री वलीले आफूले सापटी दिएको पैसा पटक(पटक माग्दा पनि नदिएको हुँदा बाध्य भएर पैसा माग्न घरै जानु परेको र आफूलाई त्यहाँ षड्यन्त्रपूर्वक फसाउन खोजिएको दाबी गर्दै आएकी छन्।
तुलसीपुर पुगेको राज्यमन्त्री वलीमाथि छानबिन गर्न गठित आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा नेतृत्वको आयोगको टोलीले सरोकारवालाहरूसँग बिहीबार छलफल गरेको थियो। कार्यदलमा महिला, बालबालिका तथा कानूनमन्त्री रमा घर्ती मगर र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेका छन्।
असार १०, २०७९ शुक्रबार १५:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।