धम्पुसलाई केन्द्र बनाएर गएको भूकम्पले घर भत्किँदा एक जना घाइते

धम्पुसलाई केन्द्र बनाएर गएको भूकम्पले घर भत्किँदा एक जना घाइते

सुवेदीको ढुङ्गा माटोले बनेको २ तले घरमा भूकम्पको पराकम्पले धक्का दिँदा घरको आटी  भत्किँएर एक जाना घाइते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ। घाइते करिष्मालाई स्थानीयसहित प्रहरीले उद्धार गरी उपचारको लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ। घाइतेको अवस्था सामान्य रहेको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रको रेकर्ड अनुसार कास्कीको धम्पुसलाई केन्द्र बनाएर ४.९ म्यग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का कास्कीसहित स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत र बागलुङसम्म महसुस भएको जनाइएको छ।
 

असार ९, २०७९ बिहीबार २१:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।