अमृता खत्री टण्डन मृत्यु प्रकरणः ७१ दिनपछि शव उठाउने सहमति
सोही दिन साँझ करिब साढे ८ बजे माइतबाट सकुशल घर पुगेकी अमृताको १० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। विष सेवनबाट मृत्यु भएको भनिएको उनको घर (टण्डन) पक्षले विष सेवन गराएर मृत्यु भएको भन्दै माइतीपक्ष (खत्री) ले न्यायको लागि पटक पटक प्रशासन धाएका थिए।
मृतक अमृतका दाई पुष्पक खत्रीका अनुसार मृतक अमृताको नाममा विद्यालयका १ लाख को अक्षयकोष स्थापना गरिदिने, मृतका नाबालक छोराको हेरचाहको लागि घर पक्षबाट नियमित रेखदेख र खर्च उपलब्ध गराउने सहमतिमा दाह संस्कार गर्न लागिएको जानकारी दिए। उनका अनुसार मृतक खत्रीका छोरा अध्याय गर्ने विद्यालयमा घर पक्षले १ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिदिने र नातिको नियमित हेरचाह, औषधी उपचार लगायतको खर्च व्यहोर्ने सहमति भएको हो।
नाबालक छोरा भने अहिलेलाई मामाघर नै बस्ने छन्। मृतकका ससुरा बुबा दहल बहादुर टण्डन र सासू आमा दिपा कुमारी टण्डन धरौटीमा रिहा भएका छन् भने भने श्रीमन प्रेम टण्डन अनुसन्धानको लागि प्रहरी हिरासतमा रहेका छन्।
असार ९, २०७९ बिहीबार २०:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।