पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण

पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण

पोखरा : पोखरामा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ। बिहीबार पोखराको रामघाटस्थित रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक महिलामा मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको विशेषज्ञ चिकित्सक सहितको सहयोगमा क्षेत्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले ५० वर्षीय महिलामा मिर्गौलाको सफल प्रत्यारोपण गरेको हो। नेपालमा यस अघि काठमाडौँमा मात्र सिमित संख्यामा मिर्गौला प्रत्यारोपण गरिँदै आए पनि पोखरामा भने पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो।

भक्तपुरका डा. पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा। प्रकाश क्षेत्री, डा.अनुप चापागाईँ डा माया लामा, डा.जुजु श्रेष्ठ, डा.अमृत केसीको मेडिकल टिमले प्रत्यारोपण गरेको अस्पतालका निर्देशक डा.भरत खत्रीले जनाएका छन्।

मिर्गौला प्रत्यारोपण गरिएकी महिलालाई उनकै श्रीमानले मिर्गौला दिएका हुन्। पोखरामा मिर्गौला संक्रमका कारण दैनिक ५ सय भन्दा बढी बिरामीले डायलिसिस गर्दै आएका छन्। पोखरामा मिर्गौला प्रत्यारोपण सफल भएले आगामी दिनमा सेवालाई प्रभावकारी रूपमा अगाडी बढाउँदै लग्ने योजना रहेको अस्पताल प्रशासनले जनाएको छ।  

असार ९, २०७९ बिहीबार १९:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।