मन्त्री मनाङेको लगानी रहेको फिल्म 'दुई नम्बरी'को फस्ट लुक आयो
काठमाडौँ : दयाहाङ राई र सौगात मल्लको अभिनय रहेको फिल्म दुई नम्बरीको फस्ट लुक सार्वजनिक भएको छ। कात्तिक ४ मा रिलिज हुने गरी निर्माण टिमले फिल्मको फस्ट लुक सार्वजनिक गरेको हो।
फिल्ममा गुन्डा नाइके हुँदै गण्डकी प्रदेशको मन्त्री भएका दीपक गुरुङ उर्फ मनाङेको समेत लगानी रहेको छ। फिल्मको पोस्टरमै उनको नाम दीपक मनाङेको उल्लेख छ। अन्य लगानीकर्तामा अमला देवी राई र जयश श्रेष्ठको नाम छ।
दीपेन्द्र लामाको लेखन र निर्देशन रहेको फिल्ममा दयाहाङ र सौगातको लुक्स फरक देखिन्छ। बुद्धि तामाङ समेत रहेको फिल्ममा उपासना सिंह ठकुरी र उगेन छोदेनको समेत अभिनय रहेको छ।
असार ६, २०७९ सोमबार १६:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।