वरुण धवनको अभिनय गरेको फिल्म विवादमा, एक करोड ५० लाख क्षतिपूर्ति माग
एजेन्सी : भारतीय फिल्म जुग जुग जियो रिलिज हुन चार दिन मात्र बाँकी छ। फिल्मले हलसम्म दर्शक तान्न आक्रामक प्रचार समेत गरिरहेको छ। तर यही बेला फिल्मका निर्माता भने कपी राइटको कानुनी लफडामा परेका छन्।
भारत राँचीको फिल्म लेखक विशाल सिंहले धर्मा प्रडक्सन र वायकम १८ विरुद्ध आफ्नो फिल्म पुन्नी रानीको सामाग्री जुग जुग जियोले चोरेको आरोप लगाउँदै अदालत पुगेका हुन्। निर्माताले आफ्नो फिल्मको कन्टेन्ट फिल्ममा राखेको तर कुनै क्रेडिट नदिएको उनको दाबी छ।
अदालतले जुग जुग जियोको निर्मातालाई सो फिल्म अदालतमा देखाउन आदेश जारी गरिसकेको छ। लेखकले फिल्म निर्मातासँग एक करोड ५० लाख क्षतिपूर्तिको माग समेत गरेका छन्।
फिल्ममा वरुण धवन, कियारा आडवाणी, नीतु कपुर अनि अनिल कपुरको अभिनय रहेको छ भने यो फिल्म करण जौहरको धर्मा प्रडक्सनले बनाएको हो।
असार ६, २०७९ सोमबार १४:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।