चलचित्र पत्रकार संघको २३औं वार्षिकोत्सव सम्पन्न, विभिन्न पत्रकार सम्मानित
काठमाडौंः चलचित्र पत्रकार संघ नेपालको २३औं वार्षिकोत्सवको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ। शनिबार नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुरस्कार प्रदान गरेका थिए।
शनिबार तीन वर्षदेखिको पुरस्कार एवम् सम्मान एकै पटक प्रदान गरिएको थियो। जसअनुसार ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७७’ बाट वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय र राजन घिमिरेलाई सम्मान गरिएको छ।
यस्तै ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७’ बाट दिवाकर मैनाली र आर. डी. शृंखला (राजन दाहाल) लाई सम्मान गरिएको छ।
'राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७८' बाट सुव्रतराज आचार्य र सन्दीप सापकोटा, 'राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७८' बाट कुमार आचार्य र गीता अधिकारी, 'राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८' बाट मनोज न्यौपाने र 'राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७८' पोखराका रेम रसाइलीलाई प्रदान गरिएको थियो।
त्यस्तै, 'राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७९' बाट राजाराम फुँयाल र लक्ष्मण सुवेदी, 'चलचित्र पत्रकारिता पुरस्कार २०७९' बाट नेमिष गौतम र विष्णुप्रसाद सुवेदी, 'राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९' बाट उद्धव रसाइली र 'राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९' बाट मकवानपुरका श्रीराम अर्जुनलाई सम्मान गरिएको थियो।
चलचित्र पत्रकारिता पुरस्कारको राशि ५१ हजार रुपैयाँ र मोफसल चलचित्र पत्रकारिता पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ।
असार ५, २०७९ आइतबार १२:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।