अघोशीत लोडसेडिङ सुरु भएपछि विद्युत कार्यालयलाई लालटिन उपहार
दाङ :अघोषित लोडसेडिङ हुन थालेपछि दाङमा विद्युत कार्यालयलाई लालटिन उपहार दिइएको छ। नेपालि कांग्रेस घोराही उपमहानगर कमिटिको अगुवाईमा ध्यानाकर्षण पत्रसहित आज विद्युत कार्यालयमा पुगेर लालटिन उपहार दिएका हुन्।
डेलिगेसन गएर अघोषित लोडसेडिङलाई तत्काल समाधान गर्न दबाब दिने कार्यक्रमस्वरुप लालटिन उपहार दिईएको कांग्रेस क्षेत्रिय सभापती भिमप्रकाश खड्काले बताए। डेलिगेसनका लागि पुगेको समुहले वितरण केन्द्रका प्रशासन प्रमुख डण्डपाणी बिकलाई भेटी समस्या राख्नुका साथै यथाशीघ्र समस्या समाधान गर्न समेत आग्रह गरेको थियो।
डेलिगेसनमा नेपाली काङ्ग्रेसका क्षेत्र नं. २ का क्षेत्रीय सभापति खड्का, प्रदेश २ (क) का सभापति प्रकाश श्रेष्ठ ,नगर सभापति तिलक रावत, उपसभापति दुर्लभ केसी,दाङ उद्योग वाणिज्य संघका निवर्तमान उपाध्यक्ष वसन्त जोशी, नगर सदस्य किरण बोहरा, ऋषि पोख्रेल, सुरज बुढाथोकी लगायतको उपस्थिति रहेको थियो।
असार ३, २०७९ शुक्रबार १८:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।