अर्काकी श्रीमती मोटरसाइकलमा राखेर लैजाँदा दाङ उद्योग वाणिज्य सङ्घका सदस्य पक्राउ

अर्काकी श्रीमती मोटरसाइकलमा राखेर लैजाँदा दाङ उद्योग वाणिज्य सङ्घका सदस्य पक्राउ

दाङ : अर्काकी श्रीमतीलाई मोटर साइकलमा राखेर लैजाँदै गरेको अवस्थामा दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका कार्य समिति सदस्य विकास वली पक्राउ परेका छन्।

श्रीमान् वैदेशिक रोजगारीमा रहेकी एक युवतीलाई उनले मोटरसाइकलमा राखेर लगिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले अर्काकी श्रीमतीलाई मोटरसाइकलमा हालेर गइरहेको सूचना प्रहरीले घोराहीको डुम्मरगाउँबाट पक्राउ गरेको जानकारी दिए।

विदेश रहेका श्रीमान् दाङ आएर प्रहरीको सहयोगमा वली र श्रीमतीलाई पक्राउ गराएका थिए। सङ्घको साधारण सभाका दिनै उनी पक्राउ परेपछि पछि हाजिर गराउने सर्तमा सङ्घका अध्यक्ष टङ्कसिंह बुढाथोकीले उनलाई हिरासतमुक्त गराएका थिए।

वलीले सुरुमा घटना अस्वीकार गरे। पछि भने उनले प्रहरीले आफूलाई सामान्य सोधपुछको लागि बोलाएकाले गएको बताए।

असार २, २०७९ बिहीबार १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।