रोल्पाको जिससको प्रमुखमा लुम्बिनी प्रदेश सभामुखकी श्रीमती निर्वाचित
बुटवल : लुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण बहादुर घर्तीकी श्रीमती रोल्पाको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा निर्वाचित भएकी छिन्। नेकपा माओवादी केन्द्रकी नेतृ सीता आचार्य निर्वाचित भएकी हुन्।
निर्वाचनबाट जिसस उपप्रमुखमा कर्मलाल परियार निर्वाचित भएका छन्। समन्वय समिति सदस्यमा नेकपा माओवादी केन्द्रको तर्फबाट ईन्द्रबहादुर रोका, केवलप्रसाद घर्ती र शेरबहादुर पुन निर्वाचित भएका छन्।
दलित वा अल्पसंख्यक सदस्यमा माओवादी केन्द्रका निलम सुनार निर्वाचित भएकी छन्। महिला सदस्यमा सोही पार्टीका जीतकुमारी विक, मीना सुनार र शर्मिला पुन मगर निर्वाचित भएका छन्। रोल्पामा जिससमा माओवादीको बहुमत छ। १० पालिका रहेको रोल्पामा माओवादी केन्द्र ७ वटामा एकल जित निकालेको छ।
जेठ २९, २०७९ आइतबार १७:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।