लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित
बुटवल : लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम पारित भएको छ। आज बसेको प्रदेश सभाको १० औँ अधिवेशन अन्तर्गतको १० औँ बैठकले प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको प्रदेश सरकारलेको आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।
यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएका थिए। आजको बैठकमा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए।
जेठ २९, २०७९ आइतबार १६:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।