काठमाडौँ महानगरको दोस्रो कार्यपालिका बैठक फोहोर र ढलमै केन्द्रित

काठमाडौँ  महानगरको दोस्रो कार्यपालिका बैठक फोहोर र ढलमै केन्द्रित

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको दोस्रो कार्यपालिका बैठक फोहोर व्यवस्थापन र ढल व्यवस्थापन केन्द्रित भएको छ।

बैठकमा सहभागी कार्यपालिका सदस्यहरूले आ-आफ्नो वडामा रहेका समस्याबारे मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोललाई जानकारी गराइरहेका छन्।

फोहोर उठाउन एक्जाभेटरको कमी, ब्रुमर भए पनि सफा गर्न ब्रुमर मगाउँदा ड्राइभर छैन भन्ने लगायतका समस्या रहेको बताएपछि मेयर बालेन्द्रले तीन दिनभित्र ज्यालादारीमा चालक राखेर सबै ब्रुमर सञ्चालनमा ल्याउने बताए।

कार्यपालिका सदस्यको नेमप्लेट नभएको, बैठक कक्ष साँगुरो भएको, फोहोरको समस्याभन्दा ठुलो प्रचारबाजी भएको जस्ता तर्क समेत आइरहेका छन्। बैठक जारी छ।

जेठ २९, २०७९ आइतबार ०९:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।