जिबब र एएनटिएफ मिडियामा : आमाले पैसाका लागि टर्चर दिएको जिबबको दाबी

जिबब र एएनटिएफ मिडियामा : आमाले पैसाका लागि टर्चर दिएको जिबबको दाबी

काठमाडौँ : र्यापर जिबबको आमाबुबाले एएनटिएफले बन्धक बनाएर लागुऔषध खुवाइरहेको आरोप लगाएपछि जिबब र एएनटिएफको फाउन्डर निम्साङ मिडियामा आएर आरोपको खण्डन गरेका छन्।

दुवै योहो टेलिभिजनको टक शोमा आएर जिबबको परिवारले लगाएको आरोप झुटो भएको दाबी गरे। कार्यक्रममा जिबबले आफ्नै आमामाथि गम्भीर आरोप लगाउँदै पैसाको लागि सधैँ र्याक गर्ने गरेको भन्दै अब आफू बालिग भएकाले आफ्नो निर्णय आफै गर्न सक्षम रहेको बताए।

'आमालाई पैसा मात्र चाहिएको हो। मेरो पहिलादेखि नै सम्बन्ध ठिक छैन परिवारसँग। अहिले म चर्चित भएपछि पैसाका लागि आमाले किचकिच गरेका हुन्।'

एएनटिएफका फाउन्डर निम्साङले जिबब स्वैच्छिक रूपमा एएनटिएफसँग आबद्ध भएको र दुबैबिच ७०-३० को सहमति भएको बताए। अस्ट्रेलिया टुर, सिक्किम टुर, ए मेरो हजुर ४ सबैको ७० प्रतिशत पैसा जिबबलाई दिएको उनले दाबी गरे।

आर्टिस्ट जिबब भएकाले उनले जसलाई पेमेन्ट गर भन्ने हो उसैलाई दिने भन्दै उनले भने'जिबबले आमालाई दिनु भन्यो भने हामी सबै दिन्छौँ। तर आमाले ले भनेर मात्र हुन्न। जिबबले भन्नुपर्छ।'

जिबबले अहिले पनि आफूले ड्ग्स लिने गरेको स्विकारे। तर आमाले भनेजस्तो हाइडोज नलिने उनको दाबी थियो। आफू रिह्याब र चिकित्सकको सम्पर्कमा निरन्तर रहेको र ट्रिटमेन्ट गरेर डोज घटाइरहेको उनले दाबी गरे।

उनले आफू घर नजाने बरु छुट्टै फ्ल्याट लिएर बस्ने भन्दै परिवारले ड्रग्स लिन्छ भनेर ब्ल्याकमेल गर्ने गरेको र आफूलाई पैसाका लागि आफ्नो मान्छेको रिह्याबमा लगेर राखेर जे मन लाग्यो त्यही गराउन चाहेको दाबी समेत गरेका थिए। 

जेठ २८, २०७९ शनिबार २२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।