माओवादी केन्द्रको गण्डकी प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण पोखरामा सुरु
पोखरा : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको गण्डकी प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पोखरामा सुरु भएको छ। स्थानीय निर्वाचन सकिएसँगै प्रदेशका नेता कार्यकर्तालाई प्रशिक्षित गराउँदै आगामी संघीय र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर माओवादीले पोखरामा वैचारिक, राजनैतिक प्रशिक्षणसँगै नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका हो।
स्थानीय तह निर्वाचनको समीक्षासँगे गण्डकी प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण तथा अभिमुखीकरण गर्ने उद्देश्यले पोखरामा आयोजित कार्यक्रम शनिबार र आइतबार दुईदिनसम्म सञ्चालन हुने छ।
स्थानीय निर्वाचनका समिक्षासहित आगामी संघीय तथा प्रदेश निर्वाचनका लागि रणनीति तय गर्ने योजना सहित आयोजित प्रशिक्षण कार्यक्रममा केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रशिक्षण दिनेछन्।
कार्यक्रमलाई शीर्ष नेता देव बहादुर गुरुङ, नारायणकाजी श्रेष्ठ, देबेन्द्र पौडेल लगायतकाले नेताहरूले समेत नेता कार्यकतालाई प्रशिक्षण दिने छन्। उनीहरूले निर्वाचित जनप्रतिनिधिहरूले स्थानीय स्तरमा जनतालाई सहजपुरमा माओवादी पार्टीले गर्ने कार्यको अलग मापन हुने गरी प्रभावकारीरुपमा सेवा प्रवाह गर्ने प्रेरित गर्ने छ।
त्यसै गरी विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई आगामी निर्वाचन पार्टीलाई थप उचाइमा पुर्याएकोमा लागि खेल्नु पर्ने भूमिकामा केन्द्रीत भएर प्रशिक्षण दिइने छ। आगामी निर्वाचन दलहरूको प्रतिष्ठासँग जोडिएकाले कसरी जाँदा निर्वाचनमा आशासित सफलता प्राप्त गर्न सकिन्छ भन्ने रणनीतिमा केन्द्रित रहेका माओवादीले प्रशिक्षण सुरु गरेको छ।
गण्डकी प्रदेशको ११ वटै जिल्लाको प्रतिनिधिहरिको उपस्थितिमा सञ्चालित कार्यक्रममा प्रत्येक जिल्लाबाट नवनिर्वाचित जनप्रतिनिधि तथा अगुवा नेता कार्यकर्ताले स्थानीय तह निर्वाचनको मत परिणाम र निर्वाचनमा पार्टीका नेता कार्यकर्ताले खेलेको भूमिकाका बारेमा बोल्नेछन्। त्यस पछि शीर्ष नेता र पार्टी अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन्।
जेठ २८, २०७९ शनिबार १६:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।