जस्टिन विवरको अनुहारको दायाँ भाग प्यारालाइज्ड

जस्टिन विवरको अनुहारको दायाँ भाग प्यारालाइज्ड

एजेन्सी : चर्चित पप गायक जस्टिन विवरको अनुहारमा  प्यारालाइसिस भएको छ। उनले इन्स्टाग्राममा भिडियो राखेर  आफूलाई अनुहारको प्यारालाइसिस भएको जानकारी दिएका हुन्।

उनले आफूलाई ‘रामसे हन्ट सिन्ड्रोम’बाट पीडित भएको बताएका छन्। सो रोगबाट ग्रसित भएपछि उनको अनुहारको दाहिनेतिरकाे पाटोमा समस्या देखिएको छ। भिडियोमा उनको अनुहारको दाहिने भाग चलिरहेको देखिएन।

दाहिने आँखा समेत झिम्किएको छैन। ओठ समेत आधा मात्र चलिरहेको छ। जस्टिनले टोन्टो र वासिङ्टन डिसीमा साङ्गीतिक कार्यक्रम गर्दै थिए।

एकाएक कन्सर्ट रद्द भएपछि उनका फ्यान दुखी भएपछि उनले इन्स्टामा भिडियो नै राखेर आफूलाई परेको समस्याबारे बताएका हुन्। उनले आफ्नो अनुहारमा गम्भीर समस्या देखिएकाले कन्सर्टमा सहभागी हुन नसक्ने बताएका छन्।

जेठ २८, २०७९ शनिबार १३:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।