नरदेवी चिकित्सालयलाई मेट्रो अस्पताल बनाउन मेयर बालेन्द्रको प्रस्ताव
काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र शाहले नरदेवी निःशुल्क चिकित्सालयलाई महानगर अस्पताल बनाउन चाहेको बताएका छन्।
अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै उनले समुदायले सञ्चालन गरेको अस्पतालको सेवा र भौतिक पूर्वाधार बढाएर महानगरवासीको स्वास्थ्य सेवामा उपयोग गर्न तयार रहेको बताए।
उनले स्वास्थ्य र शिक्षा नि:शुल्क हुनुपर्ने आफ्नो मान्यता रहेको बताउँदै नरदेवी चिकित्सालयसँग सहकार्यको प्रस्ताव गरेका हुन्। उनले महानगरले हरेक वडामा क्लिनिक खोल्ने योजना बनाएको बताए।
तर अहिले नै सबै वडामा सहरी स्वास्थ्य क्लिनिक छ। तर चिकित्सक र पूर्वाधार भने निकै कमजोर छ।
जेठ २८, २०७९ शनिबार १२:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।