डाँडाको वरपीपल हलमा सुपर फ्लप, युट्युबमा सुपर हिट
काठमाडौँ : हलमा पानी पनि भन्न नपाएको फिल्म डाँडाको वर पीपल युट्युबमा रिलिज भएको तीन दिन भयो। त्यो बेला यसका निर्देशक शोभित बस्नेत महानायक विवादमा फसेका थिए।
फिल्मको ट्रेलरलाई युट्युबमा डिसलाइक गर्ने अभियानै चल्यो। त्यसको असर हलमा पनि देखियो। शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसी, सलोन बस्नेत, रुविना थापा लगायतका कलाकारले दर्शकलाई हलसम्म तान्नै सकेनन्।
फिल्म नराम्रोसँग फ्लप भएपछि केही समय बस्नेत पनि गुमनाम जस्तै भए। तर युट्युबमा रिलिज भएको तेस्रो दिनमै यो फिल्म नेपालको पहिलो नम्बरको ट्रेन्डिङमा छ भने १९ लाख ४४ हजार बढिले हेरिसकेका छन्।
फिल्मबारे २ हजार बढी प्रतिक्रिया आइसकेको छ। अधिकांश कमेन्टहरूमा फिल्मको प्रशंसा गरिएको छ। ७३ हजार त लाइक छ। अनि युट्युबमा फिल्मको सकारात्मक प्रतिक्रिया आएपछि हौसिएका बस्नेतले वरपीपल २ बनाउने घोषणा गरिसकेका छन्।
जेठ २६, २०७९ बिहीबार २३:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।