किंग्स् कलेजका विद्यार्थीको नाटक त्रयम् नाटक शिल्पीमा

किंग्स् कलेजका विद्यार्थीको नाटक त्रयम् नाटक शिल्पीमा

काठमाडौँ : किंग्स् कलेजका विद्यार्थीहरूको अभिनय रहेको सामाजिक सन्देश बोकेको नाटक त्रयम् शिल्पी थिएटरमा मञ्चन भइरहेको छ। जेठ २० गतेदेखि मञ्चन भइरहेको नाटक जेठ २६ गते अन्तिम मञ्चन हुँदै छ।

हालसम्म सो नाटक पाँच सय बढी दर्शकले हेरिसकेका छन्। कलेजका विद्यार्थीहरुद्धारा मञ्चित नाटकले आलङ्कारिक रूपमा भूत, वर्तमान र भविष्यका साथसाथै बिहानी, दिवा र साँझ गरी तीन–तीन वटै चरणलाई प्रतिनिधित्व गरेको छ।

व्यावसायिक नाट्य कलाकार एवं निर्देशक दिलीप रानाभाटले निर्देशन गरेको यस नाटकमार्फत व्यापार एवं उद्यमशीलताको शिक्षामा श्रृजनशितला, साहित्य तथा नविनताका अवयवहरूलाई कसरी मिश्रण गर्न सकिन्छ भनेर प्रयोगात्मक ढङ्गबाट परीक्षण गर्न यो अवधारणालाई अगाडी सारिएको नाटक संयोजक दीक्षित भट्टले बताए।

कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले हालसम्म व्यापार शिक्षाको क्षेत्रमा मानवीय–मूल्यमान्यतालाई नकार्ने परिप्रेक्षकमा विद्यार्थीहरूलाई व्यापार व्यवसायमा कला, साहित्य, सृजनशीलता तथा नविनताकाका साथसाथै मानवीय भावनालाई संलग्न गराइ व्यावसायिक जीवन सफल बनाउन सिकाउने उद्देश्य राखेर बिबिए इनअप्लाईड आर्ट एन्ड डिजाइन कार्यक्रम सञ्चालनमा ल्याइएको बताए।

जेठ २५, २०७९ बुधबार २१:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।