फोहोर फाल्न अवरोध गर्ने सिसडोलका स्थानीयलाई प्रहरीले लाठी हान्यो

फोहोर फाल्न अवरोध गर्ने सिसडोलका स्थानीयलाई प्रहरीले लाठी हान्यो

काठमाडौँ :  सोमबार बेलुकाको सहमति अनुसार काठमाडौँको फोहोर बोकेर गएका ट्रकलाई अवरोध पुर्याउने स्थानीयलाई बल प्रयोग गरेर फोहोर बञ्चरेडाँडामा लग्ने प्रयास भएको छ। सोमबार बेलुका सहरी विकास मन्त्रालय र सिसडोल र बञ्चरेडाँडाका स्थानीय सरकारबिच भएको सहमति अस्वीकार गर्दै अवरोध गर्ने स्थानीयलाई प्रहरीले लाठी प्रहार गरेर भगाएको छ।

सोमबार बेलुका भएको सहमति नमान्ने भन्दै मङ्गलवार बिहानैबाट सिसडोल क्षेत्रका केही स्थानीय विरोध प्रदर्शनमा उत्रिएका थिए। जति प्रयास गरे पनि उनीहरू सहमत नभएपछि मङ्गलवार दिउस परिचालित भएको प्रहरीले अवरोधमा उत्रिएका स्थानीयमाथि बल प्रयोग गरेर फोहोर बञ्चरेडाँडा लैजान प्रयास गरेको छ।

स्थानीयले सोमबार भएको सहमति मान्य नहुने भन्दै यस अगाडि भएका सहमतिको कार्यान्वयन नभएसम्म काठमाडौँको फोहोर फाल्न नदिने अडान लिएपछि स्थानीय प्रशासनले बल प्रयोग गरेको हो।

अहिले सिसडोल क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवरोध सक्रिय स्थानीयलाई लाठी हानेर तितरबितर बनाइरहेको छ।

जेठ २४, २०७९ मंगलबार १७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।