गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

पोखराः गण्डकी प्रदेश सरकारले मंगलबार (आज) नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दैछ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यस सरकारको अन्तिम कार्यकालकाका लागि आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेश सभामा वाचन गर्नेछन्।

प्रदेश सरकारको यो अन्तिम कार्यकाल हो। यसअघि प्रदेश सरकारले चार वटा नीति तथा कार्यक्रम ल्याइसकेको छ। पहिलो कार्यकालमा गण्डकीमा सरकार प्रमुख दुई पटक परिवर्तन भए। प्रदेश प्रमुख चार जना परिर्वतन भइसकेका छन्।

गण्डकी सरकारले पहिलो नीति तथा कार्यक्रममा प्रदेशका गौरवका आयोजनाका रूपमा कोरला–पोखरा, पोखरा–दुम्किबास द्रुतमार्ग निर्माणको कार्य थालनी गर्ने, एकघर एकधारा कार्यक्रम, उज्यालो प्रदेश र प्रदेशमा अन्तर्राष्ट्रियस्तरको बहुउपयोगी सम्मेलन केन्द्र निर्माण गर्ने लक्ष्य लिएको थियो।

तर, पाँच वर्षे कार्यकाल अन्तिममा पुग्दा समेत यी कार्यक्रम हालसम्म पनि सम्पन्न हुन सकेका छैनन्।

आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रममा समेत यिनै योजना प्राथमिकतामा राखेर कार्यक्रम ल्याइँदै छ।

जेठ २४, २०७९ मंगलबार ०९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।