शौचालयलाई सार्वजनिक बनाउन इच्छुकलाई सम्पर्क गर्न सात दिने सूचना

शौचालयलाई सार्वजनिक बनाउन इच्छुकलाई सम्पर्क गर्न सात दिने सूचना

काठमाडौँ : होटल, बैङ्क, व्यापारिक भवन लगायतकाको भवनमा रहेका शौचालय सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्नका७मा८ महानगरपालिकाको कार्यपालिकाको निर्णय अनुसार इच्छुकहरूलाई सम्पर्क गर्न महानगरले सूचना निकालेको छ।

आफ्नो भौतिक संरचना भएका स्थानमा रहेका शौचालय सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न दिन इच्छुकहरूलाई सात दिनभित्र सम्पर्क गर्न महानगरले आइतबार सूचना निकालेको हो। कार्यपालिकाको बैठकमा होटल तथा रेष्टुरेन्टहरुको शौचालयमा विशेष चिन्ह राखेर सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो।

सूचनामा सर्वसाधारणको शौचालयमा सहज पहुँचा अभृबृद्दी गर्न महानगरपालिका क्षेत्र भित्रका होटल, रेस्टुरेन्ट, बैङ्क, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैर सरकारी संस्थाको शौचालयलाई सार्वजनिक बनाउने उल्लेख छ।

सम्पिङ कम्प्लेक्समा रहेका शौचालय प्रयोगमा अहिले पनि अवरोध छैन। तर अन्यमा भने आफ्ना सेवाग्राहीलाई मात्रै शौचालय प्रयोग गर्न दिने गरेका छन्।

काठमाडौँ महानगरमा रहेको सार्वजनिक शौचालयको अभाव हटाउन तत्काल विकल्पको रूपमा महानगरको बोर्डले यस्तो निर्णय गरेको हो।

जेठ २२, २०७९ आइतबार १४:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।