मधेश प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
धनुषाः मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ। प्रदेश प्रमुख हरिशङ्कर मिश्रले आज दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्यलगायतका कार्यक्रमलाई प्राथमिकता दिइने जनाइएको छ। शनिबार बसेको मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेश सभा बैठकमा प्रस्तुत हुने आव ०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो।
असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गर्दैछ।
जेठ २२, २०७९ आइतबार १२:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।