केकेसँगै कन्सर्ट गरेकी गायिकाको खुलासा: 'भीड देखेर उनी कारबाट निस्कनै चाहेका थिएनन्'

केकेसँगै कन्सर्ट गरेकी गायिकाको खुलासा: 'भीड देखेर उनी कारबाट निस्कनै चाहेका थिएनन्'

एजेन्सीः गए मङ्गलबार लोकप्रिय भारतीय गायक केके (कृष्णकुमार कुन्नथ)को मृत्यु भयो। एक्कासि आएको खबरले धेरै फ्यानहरूलाई स्तब्ध बनायो। अहिले उनको मृत्युको बारे विभिन्न अड्कलबाजी भइरहेको छ।

तीमध्ये एक अड्कल हो- भीड धेरै भएर निसास्सिएर मृत्यु भयो। यो अड्कललाई एक गायिकाले थप पुष्टि गरेकी छिन्। ती गायिका हुन्- शुभलक्ष्मी डे। उनले ३१ मे अर्थात् मङ्गलबार केकेसँगै कन्सर्ट गरेकी थिइन्।

उनका अनुसार केके त्यहाँ आउँदा भीड एकदमै बढेको थियो। केके त्यहाँ साढे ५ बजे पुगेका थिए। त्यसपछि भीड देखेर केकेले भनेका थिए- 'यदि भीड हटाइएन भने म कारबाट बाहिर निस्कन्न।'

शुभलक्ष्मीका अनुसार कन्सर्टको क्रममा केकेले अत्यधिक लाइट भएकाले त्यसलाई कम गर्न पनि माग गरेका थिए।

यता जे जस्तो अड्कलबाजी भए पनि केकेको पोस्टमोर्टम रिपोर्ट सार्वजनिक भइसकेको छ। रिपोर्टमा मृत्युको कारण अत्यधिक उत्साही हुनु रहेको छ। धेरै उत्साही हुँदा केकेको मुटुको ८० प्रतिशत भाग ब्लक भएको थियो।

केकेलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

जेठ २१, २०७९ शनिबार १२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।