काठमाडौँ महानगरमा सोमबारबाट कल सेन्टर
काठमाडौँ : फोहोर व्यवस्थापन समस्या पेचिलो बन्दै गए पनि काठमाडौँ महानगरपालिकाको पहिलो कार्यपालिकाले गरेको निर्णय अनुसार सोमबारबाट कल सेन्टर भने सुरु हुने भएको छ।
महानगरपालिकाको मेयर बालेन्द्र साहले पहिलो कार्यपालिका बैठकमा एक हप्तामा महानगरवासीको गुनासो सुनुवाइ गर्न कल सेन्टर सुरु गर्ने प्रस्ताव गरेका थिए। सो प्रस्ताव बैठकले सर्वसम्मले पारित गरेको थियो।
महानगरले ‘टोल फ्री’ नम्बरमा फोन गर्ने व्यवस्था सहित पहिलो चरणमा ५० वटा युनिटमा गुनासो र सुझाव पठाउने गरी सोमबारबाट कल सेन्टर सुरु गर्न लागेको हो।
पहिलो चरणमा आएका गुनासाहरू महानगरपालिकाकाको प्रशासनिक युनिट र सम्पदा, वातावरण लगायतका विभागमा जाने गरी कल सेन्टर सुरु गर्ने तयारी भएको हो।
जेठ २०, २०७९ शुक्रबार १७:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।