मानव बेचबिखन मुद्दाका फरार जिसी काठमाडौँबाट पक्राउ

मानव बेचबिखन मुद्दाका फरार जिसी काठमाडौँबाट पक्राउ

काठमाडौँ : मानव बेचबिखन र ठगीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। अबैधरुपमा अमेरिका पठाउँदै आएका दाङ तुलसीपुरका फरार अभियुक्त मुकुन्द जिसिलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो। 

काठमाडौँ जिल्ला अदालतले मानव बेचबिखन र ठगी मुद्दामा दाङको तुलसीपुर घर भई हाल काठमाडौंमा बस्दै आएका जिसिलाई कैद फैसला गरेको थियो। मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता दान बहादुर मल्ले जिसीलाई पक्राउ गरेको पुष्टि गरेका छन्।

 ‘अदालतले फरार अभियुक्तमा राखेको थियो त्यसै आधारमा हामीले पक्राउ गरेका छौँ,’ उनले भने, ‘हामीले पक्राउ गरेपछि अदालतमा बुझाउने हो त्यसै अनुसार काम गर्दैछौँ।’ यो मुद्रामा गैर कानुनीरूपमा अमेरिका पटाउँदै आएका घोराहिका टोपबहादुर जिसि फरार छन्।  

एमाले नेता तथा पूर्व प्रदेश सभा सदस्य स्व. उत्तम कुमार वलिका पार्टनरकारुपमा दुवै जना काम गर्दै आएका थिए। बेचबिखन मुद्रामा यसअघि अदालतले उत्तमकी पत्नी लुम्बिनी प्रदेश मन्त्री बिमला वलिलाई जरिवानाको फैसला गरेको थियो।

जेठ २०, २०७९ शुक्रबार १५:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।