धरौटीमा छुटेनन् पल, जिल्लाकै आदेश सदर भो उच्चबाट

धरौटीमा छुटेनन् पल, जिल्लाकै आदेश सदर भो उच्चबाट

पोखरा : उच्च अदालत पोखराले अभिनेता पल शाहलाई थुनामा राखेर नाबालिग बलात्कार मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ। जिल्ला अदालत तनहुँको आदेशविरुद्धको पुनरावलोकनको निवेदनमा सुनुवाइ गर्दै अदालतबाट जिल्ला अदालतको आदेश सदर भएको हो।

यो बिचमा नाबालिकाले बयान बदलेकाले पलका पक्षधरहरू उनी धरौटीमा छुट्नेमा विश्वस्त देखिएका छन्। उनीहरू फुल माला लिएर काठमाडौँ विमानस्थल पुगिसकेका थिए। तर अदालतले जिल्लाकै आदेश सदर गरेकाले उनीहरुको उत्साह काम लागेन। 

एक युवतीले सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा आयोजकबाट बलात्कृत भएको बयान सार्वजनिक गरेपछि पलका वकिलहरूले उच्च अदालत पोखराको सुनुवाइ २ पटक सारेका थिए। महिलाविरुद्धको यौन हिंसा विरुद्ध माहौल बनेकाले आफ्नो पक्षमा आदेश नआउने आशङ्कामा उनीहरूले पेशी सारे पनि बिहीबार भने सुनुवाइ सुरु भएको थियो।

नाबालिकाले पलविरुद्ध दिएको जाहेरी र बयान गलत भएको बताएकाले धरौटीमा छुट्नुपर्ने पल पक्षधरले इजलासमा माग गरेका थिए। सरकारी वकिलको तर्फबाट बालिकासहितलाई विपक्षीले प्रभावमा पारेर बयान बदल्न लगाएको भन्दै यो मुद्दा पललाई कारागारमै राखेर अगाडि बढाउनुपर्ने माग गरेका थिए।

पलका म्यानेजर कृष्ण जोशीलाई धरौटीमा छाड्ने जिल्लाको आदेश विरुद्ध सरकारी वकिलले पनि पुनरावलोकनका लागि निवेदन दिएका थिए। पछि जिल्दा अदालत नवलपुरबाट समेत पुर्पक्षकै आदेश आएपछि त्यसविरुद्ध पनि निवेदन परेको थियो।

अदालतको आदेशपछि अदालतमा बकपत्रकोक्रममा पीडित नाबालिक गायिका, उनको बाबु लगायत पलको विपक्षमा बयान दिएका अधिकांशले अनुसन्धानकोक्रममा दिएको बयान अस्विकार गरेका थिए। नाबालिका र उनको बाबुलेले त आफु अरुको उक्साहटमा आएर बयान दिएको दाबी गरेका थिए। पछिल्ला वकपत्र बदलिएसँगै पलको परिवारका सदस्य र फिल्म क्षेत्रका केही ब्यक्तीले नाबालिकाको परिवारसँग भेटेर दुबैको विवाह गराउने त्यसका लागि बयान बदल्न आग्रह गरेको दाबी आएका थिए।

जेठ १९, २०७९ बिहीबार १९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।