पलका समर्थक फुल माला लिएर विमानस्थलमा, धरौटीमा छुट्लान् ?

पलका समर्थक फुल माला लिएर विमानस्थलमा, धरौटीमा छुट्लान् ?

काठमाडौँ : नाबालिग बलात्कार केसमा जिल्ला अदालत तनहुँको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहलाई कारागारमै राख्ने कि धरौटीमा छाड्ने भन्ने बहस उच्च अदालतमा सकिएको छ। जिल्ला अदालतको आदेश विरुद्ध पलको पक्षबाट परेको पुनरावलोकनको बहस सकिएर आदेश आउने चरणमा रहेको छ।

यो बिचमा नाबालिकाले बयान बदलेकाले पलका पक्षधरहरू उनी धरौटीमा छुट्नेमा विश्वस्त देखिएका छन्। उनीहरू फुल माला लिएर काठमाडौँ विमानस्थल पुगिसकेका छन्।

यो बिचमा एक युवतीले सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा आयोजकबाट बलात्कृत भएको बयान सार्वजनिक गरेपछि पलका वकिलहरूले उच्च अदालत पोखराको सुनुवाइ २ पटक सारेका थिए। महिलाविरुद्धको यौन हिंसा विरुद्ध माहौल बनेकाले आफ्नो पक्षमा आदेश नआउने आशङ्कामा उनीहरूले पेशी सारे पनि बिहीबार भने सुनुवाइ सुरु भएको थियो।

नाबालिकाले पलविरुद्ध दिएको जाहेरी र बयान गलत भएको बताएकाले धरौटीमा छुट्नुपर्ने पल पक्षधरले इजलासमा माग गरेका थिए।

सरकारी वकिलको तर्फबाट बालिकासहितलाई विपक्षीले प्रभावमा पारेर बयान बदल्न लगाएको भन्दै यो मुद्दा पललाई कारागारमै राखेर अगाडि बढाउनुपर्ने माग गरेका थिए। पलका म्यानेजर कृष्ण जोशीलाई धरौटीमा छाड्ने जिल्लाको आदेश विरुद्ध सरकारी वकिलले पनि पुनरावलोकनका लागि निवेदन दिएका थिए। दुवै निवेदनबारे आजै उच्चबाट आदेश आउनसक्छ।

जेठ १९, २०७९ बिहीबार १९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।