जनी डेप निर्दोष साबित: १५ मिलियन डलर क्षतिपूर्ति पाए, भने- 'जुरीले मेरो जीवन फिर्ता दिए'

जनी डेप निर्दोष साबित: १५ मिलियन डलर क्षतिपूर्ति पाए, भने- 'जुरीले मेरो जीवन फिर्ता दिए'

एजेन्सीः हलिउड अभिनेत्री एम्बर हर्डले आफ्ना पूर्व श्रीमान् तथा हलिउड अभिनेता जनी डेपलाई लगाएको घरेलु हिंसाको आरोप गलत साबित भएको छ। अमेरिकाको भर्जिनियाको अदालतमा चलेको ६ साता लामो सुनुवाइमा सात सदस्यीय न्यायधीशमण्डलले निर्णय सुनाएका हुन्।

जनी डेप निर्दोष साबित भएपछि अदालतबाहिर 'जनी, जनी, जनी' को नारा लागेको थियो। डेपले हर्डलाई हिंसा गरेको आरोप नकार्दै आएका थिए। उनले १५ मिलियन डलर क्षतिपूर्ति पनि पाए।

यस्तै हर्डले लगाएको तीनमध्ये एक आरोप पुष्टि भएपछि उनले पनि २ मिलियन क्षतिपूर्ति पाउने भएकी छिन्। डेपका वकिलले हर्डविरुद्ध डेली मेलमा सन् २०२० मा अभिव्यक्ति दिएर उनको मानहानी गरेको भन्दै हर्डलाई क्षतिपूर्ति दिन अदालतले आदेश दिएको हो।

डेप र हर्डको सन् २०१७ मा सम्बन्धविच्छेद भएको थियो।

आज फैसलाको दिन डेप अदालतमा थिएनन्। उनी बेलायतमा पूर्वनिर्धारित कार्यक्रममा छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै डेपले भने, 'जुरीले मेरो जीवन फिर्ता दिए। म कृतज्ञ छु।'

यता हर्डले आफू अदालतको फैसलाले स्तब्ध भएको बताएकी छिन्। 'आज मैले भोगेको निराशा शब्दले व्यक्त गर्न सक्दैन। म स्तब्ध भएकी छु कि प्रमाणहरूको पहाड पनि मेरा पूर्व श्रीमानको शक्ति र प्रभावविरुद्ध पर्याप्त भएन', हर्डले भनिन्।

जेठ १९, २०७९ बिहीबार १०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।