नीति कार्यक्रम र बजेट ल्याउन मधेश प्रदेश सभाको नवौं अधिवेशन आजदेखि
धनुषाः मधेश प्रदेशको प्रदेश सभाको नवौं अधिवेशन आजदेखि सुरु हुँदैछ। आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेश सभाको नवौं अधिवेशन सुरु हुन लागेको हो।
आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ। यस्तै आज केही समयअघि निधन भएकी प्रदेश सभा सदस्य डिम्पलकुमारी झाको शोकप्रस्ताव पेश गरिने कार्यसूची छ।
यही अधिवेशनअन्तर्गत मधेश प्रदेश सरकारले जेठ २२ गते आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ। यस्तै मधेश प्रदेश सरकारले आगामी असार १ गते प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने तयारी भइरहेको छ।
प्रदेश सरकारले असार १ गते प्रदेश सभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
जेठ १९, २०७९ बिहीबार ०९:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।