मेयर बालेन्द्र फर्किए नेपहपको श्रीपेचमा
काठमाडौँ : काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार बन्ने घोषणापछि पनि र्यापर बालेन रियालिटी शो नेपहपको श्रीपेचको निर्णायकको भूमिकामा थिए।
चुनावी चटारो बढेसँगै उनको जजको कुर्सी केही समय रित्तो भयो। गणनाको बेलामा आउने कुरै भएन। काठमाडौँका मतदाताले र्यापर बालेनलाई काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाह बनाइदिए। शपथपछि उनी पुन त्यही जजको कुर्सीमा फर्किएका छन्।
अहिले हिप-हप-र्याप रियालिटी शो टप ८ बाट टप ७ मा पुगेको छ। फाइनल नसकिएसम्म बालेन्द्र शाह समय निकालेर र्यापर बालेनको भूमिकामा देखिनै रहने देखियो रियालिटी शोमा।
बुधवार प्रसारण भएको कार्यक्रममा मधेसमा उदाएका र्यापर शशी मण्डल भोट आउटका आधारमा बाहिरिँदा सबै जजहरूको मन अमिलो भएको थियो।
प्रतियोगिताको प्रारम्भदेखि नै शशीले उत्कृष्ट प्रस्तुति दिँदै आएका थिए। बुधवार पनि उनले बबाल र्याप हानेका थिए। बालेनबाट क्याप उपहार पनि पाए। तर टप सातमा अटाएनन्।
जेठ १९, २०७९ बिहीबार ००:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।