पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी
पोखरा । पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा एमालेका सबै उमेदवार विजयी भएका छन्। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट महानगरमा विजयी भएका १ सय ६७ जना जनप्रतिनिधिले बिहीबार गरेको मतदानमा एमालेका ८ जना सदस्य निर्वाचित भएका हुन्।
निर्वाचित हुनेहरूमा महिला सदस्यमा एमालेबाट धनकुमारी पोखरेल, र्मिला पौडेल, भिमकुमारी पुन गर्बुजा, मन्दिरा परियार, हरिमाया विश्वकर्मा रहेका छन्। उनीहरूले पाँचै जनाले ८६ मत पाएर विजयी भएका छन्।
दलित तथा अल्पसंख्यकको तीन पदमा एमालेका गोविन्द तुलाचन, दीपक घिमिरे र निर्मल दीयाली निर्वाचित भएका हुन्। तुलाचन र घिमिरेले ८६ र दीयालीले ८७ मत पाएका छन्।
कार्यपालिका सदस्यको निर्वाचनमा मत फ्लोर क्रस हुने डरले एमाले र कांग्रेस दुवैले निर्वाचित जनप्रतिनिधिलाई रिसोर्ट र होटलमा लगेर राखेको थियो।
पोखराको नगर सभाका १ सय ६७ सदस्यमध्ये एमालेको उपमेयर सहित ८७ र गठबन्धनमा मेयरसहित गठबन्धनका ८१ जना मतदाता रहेका थिए।
एमालेसँग रहेका ६ सदस्यमध्ये तीन जना गठबन्धनले लगेको अवस्थामा कांग्रेसले अगाडी सारेका उमेदवार विजयी हुने डरले एमालले अफ्ना जनप्रतिनिधिलाई कास्कीको नौडाँडास्थित हिमालयन देउराली रिसोर्टमा लगेर राखेको थियो। त्यसैगरी कांग्रेसले पनि पोखराको लेकसाइडस्थित होटल कान्तिपुरमा राखेको थियो।
जेठ १८, २०७९ बुधबार १६:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।