भारतका चर्चित गायक केकेको निधन

भारतका चर्चित गायक केकेको निधन

काठमाडौं : भारतका चर्चित गायक कृष्णकुमार कुन्नथ (केके) को मंगलबार राति कोलकातामा निधन भएको छ।

कन्सर्टका क्रममा स्वास्थ्यमा खराबी आएपछि उनलाई हस्पिटल लगिएको र अस्पतालले मृत घोषित गरिदिएको समाचार एजेन्सीहरुले जनाएका छन्। अस्पतालले हार्ट एट्याकको आशंका गरेको बताइएको छ।

५३ वर्षीया केकेले बलिउडमा थुप्रै चर्चित गीत गाएका थिए। उनले हिन्दी, तमिल, तेलुजु, कन्नड, मलयालम, मराठी र बंगाली भाषाका गीत समेत गाएका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गायक केकेको निधनप्रति दु:ख व्यक्त गरेका छन्। 

जेठ १८, २०७९ बुधबार ०७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।