टुक्रा-टुक्रा अवस्थामा भेटियो तारा एयरको विमान

टुक्रा-टुक्रा अवस्थामा भेटियो तारा एयरको विमान
तस्बिर: नेपाली सेना

काठमाडौंः तारा एयरको बेपत्ता ९एन- एईटी विमान भेटिएको छ। विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

नेपाली सेनाको खोज तथा उद्धार टोलीले विमानलाई दुर्घटना भएर टुक्रा-टुक्रा भएको अवस्थामा फेला पारेको हो। विमान मुस्ताङको सानोस्वारे, थसाङ- २ मा दुर्घटनाग्रस्त भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।

हिजो पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्कविहीन भएको थियो। विमानमा तीन जना चालक दलका सदस्य र १९ जना यात्रु थिए। 

के-कति मानवीय क्षति भएको भन्ने पनि जानकारी प्राप्त भएको छैन। तर दुर्घटनास्थल निकै भयावह छ।

दुर्घटनाको कारणबारे अहिले नै पत्ता लागेको छैन।

जेठ १६, २०७९ सोमबार ०८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।