तारा एयरबारे सेनाले भन्यो : फेला परेको छैन, स्थानीयले भनेको ठाउँमा जाँदै छौँ

तारा एयरबारे सेनाले भन्यो : फेला परेको छैन, स्थानीयले भनेको ठाउँमा जाँदै छौँ

काठमाडौँ : नेपाली सेनाले स्थानीयले केही जलेको देखेको भनेको स्थानमा उद्धार टोली पुग्ने प्रयासमा रहे पनि अहिलेसम्म हराइरहेको तारा एयरको विमान फेला नपरेको बताएको छ। ट्विट गर्दै सेनाले' अहिलेसम्म विमान फेला नपरेको र स्थानीयले केही जलेको देखिएको भनेको स्थानमा पुग्ने प्रयास भइरहेको' सार्वजनिक गरेको हो।

हवाई र स्थल दुवै स्थानबाट हराइरहेको विमान खोज्ने काम भइरहेको भन्दै उसले जब विमान फेला पर्छ त्यो बेलामा यसबारे आधिकारिक धारणा सार्वजनिक गर्ने उल्लेख गरेको छ।

भेडिगोठमा रहेका स्थानीयले मानापाथी हिमालको फेदीमा केही जलिरहेको र सो विमान हुनसक्ने सूचना दिएको आधारमा सो क्षेत्रमा उद्धार टोली केन्द्रित गरिए पनि भौगोलिक विकटताका कारण टोली सम्भावित स्थानमा पुग्न सकेको छैन।

पोखरा विमानस्थलबाट जोमसोम जानेक्रममा तारा एयरको विमान एकाएक सम्पर्कविहीन भएको थियो। सो विमानबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन।

जेठ १५, २०७९ आइतबार १८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।