हराएको विमान पाँच स्थानमा खोजी भइरहेको तारा एयरको दाबी

हराएको विमान पाँच स्थानमा खोजी भइरहेको तारा एयरको दाबी

काठमाडौँ :  पोखराबाट जोमसोम जानेक्रममा हराएको तारा एयरको विमान पाँच स्थानमा खोजी भइरहेको तारा एयरले जानकारी दिएको छ। सो एयरले जारी गरेको विज्ञप्तिमा न्याउरीकोट, कोवाङ, लेते, घोडेपानी र टिटी ताल क्षेत्रमा खोजी भइरहेको उल्लेख छ।

पोखराबाट जोमसोमका लागि ९: ५५ मा उडेको तारा एयरको विमान अन्तिम पटक जोमसोम टावरसँग १०: ०७ को समयमा सम्पर्क भएको देखिएको विज्ञप्तिमा उल्लेख छ।

खोजविनका लागि सेना, प्रहरी र तारा एयरको उद्धार टोली परिचालन गरिएको र सेनाको एमआई १७ सँगै फिस्टेल एयरको हेलिकप्टरमार्फत समेत खोजी भइरहेको विज्ञप्तिमा उल्लेख छ। यस अगाडि मानापाथी हिमालको फेदमा विमान रहेको स्थानीयको सूचनाको आधारमा उद्धार टोली त्यता परिचालित भएको थियो।

जेठ १५, २०७९ आइतबार १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।