बेलायतमा 'नेपाली फिल्म फेस्टिभल इन लण्डन २०२२' आयोजना हुने
काठमाडौंः बेलायतमा पाँच दिने 'नेपाली फिल्म फेस्टिभल इन लण्डन २०२२' आयोजना हुने भएको छ। थर्ड आईको आयोजनामा हुने महोत्सवमा नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीता फिल्मस् इन्टरटेनमेन्टका अध्यक्ष मनोज केसीले पाँच दिनसम्म १० वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए।
’हामीले नेपाली परिवेशको, नेपाललाई चिनाउने फिल्मलाई लण्डनमा देखाउने छौँ। यसले नेपाली फिल्मको बजार विस्तारमा त टेवा पुर्याउँछ नै नेपाली कला, संस्कृतिलाई समेत प्रवर्द्धन गर्छ’ अध्यक्ष केसीले भने।
केसीका अनुसार महोत्सवको अन्तिम दिन फिल्मकर्मीहरूलाई सम्मान समेत गरिनेछ।
युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका तर हलमा मात्र रिलिज भएका फिल्महरूमध्येबाट १० वटा फिल्मलाई महोत्सवमा सहभागी गराइने बताइएको छ।
जेठ १५, २०७९ आइतबार १४:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।