मुस्ताङको घाँसामा विमान दुर्घटनाग्रस्त भएको आशंका, प्रहरी पुग्नै बाँकी

मुस्ताङको घाँसामा विमान दुर्घटनाग्रस्त भएको आशंका, प्रहरी पुग्नै बाँकी

पोखराः पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाज मुस्ताङको घाँसामा दुर्घटना भएको आशंका गरिएको छ। आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट १६ जना नेपाली र ६ विदेशी पर्यटकसहित तारा एयर (यति)को जहाज जोमसोमका लागि उडेको थियो। 

स्थानीयले घाँराको पहाडमा ठूलो आवाज आएको सुनिएको भन्दै खबर गरेको प्रहरीले जनाएको छ। तर घटना भएको स्थानमा अहिलेसम्म प्रहरी पुगेको छैन।

जहाजमा इन्द्रबहादुर गोले, पुरुषेत्तम गोले, राजनकुमार गोले, मिक ग्र्याट, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर रहेको तारा एयरलाइन्सको पोखरा कार्यलयले जनाएको छ। 

कार्यालयका अनुसार विमानमा क्याप्टेन प्रभाकर घिमिरे, सहपाइलट उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा रहेका छन्।

जेठ १५, २०७९ आइतबार १२:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।