१९ यात्रु बोकेको तारा एयरको विमान बेपत्ता, बिहानैदेखि पोखरा आसपासमा खराब थियो मौसम

१९ यात्रु बोकेको तारा एयरको विमान बेपत्ता, बिहानैदेखि पोखरा आसपासमा खराब थियो मौसम
फाइल तस्बिर

पोखराः पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी विमान सम्पर्कविहीन भएको छ। बिहान ९:५५ मा पोखराबाट उडेको विमान बिहान १०:१५ मा जोमसोम अवतरण हुनुपर्ने भए पनि विमान सम्पर्कमै छैन।

विमानमा १९ यात्रु थिए। पोखराबाट उडेको केही समयपछि नै रेडारको सम्पर्कमा नदेखिएको विमानको खोजी भइरहेको छ।

नागरिक उड्डयन कार्यलय पोखराका प्रमुख वित्रम गौतमले विमान बेपत्ता भएको पुष्टि गरे। उनले भने, ‘जहाज बेपत्ता भएको छ। हामी अहिले यसकै खोजीमा छौँ। जहाजको बारेमा कुनै सूचना आएको छैन।’

पोखरा तथा आसपासका क्षेत्रमा आज बिहानदेखि नै मौसम खराब छ। तर यसअघि बिहान समिट एयरको जहाज पोखराबाट उडान भरेर जोमसोममा सकुशल अवतरण गरेको थियो। 

जेठ १५, २०७९ आइतबार ११:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।