एमालेको हारको दोष पाएपछि रिसाइन् करिश्मा

एमालेको हारको दोष पाएपछि रिसाइन् करिश्मा

काठमाडौँ : स्थानीय तहको निर्वाचनमा एमाले दोस्रो दल बनेपछि निर्वाचन अगाडि एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरलाई सामाजिक सञ्जालमा आलोचना गर्ने क्रम बढ्यो। मेरो न्वारनको नाम सूर्य कुमारी हो भनेकी थिइन् उनले।

त्यसैलाई सङ्केत गर्दै केहीले सूर्य कुमारीले सूर्य डुबाइन् जस्ता टिप्पणी गरेपछि करिश्माको चित्त दुख्यो। केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अझ भद्दा प्रतिक्रिया समेत दिएका छन्।

यस्तो प्रतिक्रिया आउने क्रम बढेपछि करिश्माले आफ्नो व्यक्तित्वलाई नै आँच पुर्याउने गरी प्रतिक्रिया दिनेहरूमाथि कानुनी कारबाही खोज्ने चेतावनी दिइन्। उनले आफू सधैँ दर्शकले दिएको प्रतिक्रियालाई हेरेर अगाडि बढ्ने गरेको भन्दै फिल्म क्षेत्रमा लागेको ४ दशकमा भोक प्यास नभनी बनाएको स्थानमा नै आँच पुर्याउने गरी प्रतिक्रिया दिए प्रहरीको साइबर ब्युरोमा जाने चेतावनी दिइन्। 

जेठ १३, २०७९ शुक्रबार २३:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।