काठमाडौँको फोहोरको दिर्घकालिन समाधान नगरेसम्म बालेनले उत्सव नमनाउने, अन्तर्वार्ता नदिने
काठमाडौँ : काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले काठमाडौँको फोहोरको दीर्घकालीन रूपमा समाधान नगरी कुनै उत्सव नमनाउने र कुनै अन्तर्वार्ता समेत नदिने दाबी गरेका छन्।
शुक्रवार काठमाडौँमा धन्यवाद उत्सव बनाएर नुवाकोटको ओखरपौवा पुगेका उनले बिहीबार राष्ट्रिय समाचार समितिलाई अन्तर्वार्ता दिएका थिए।
शुक्रबारै उनी उपत्यकाको फोहोर व्यवस्थापनको समस्याबारे जानकारी लिन ओखरपौवा र वञ्चरेडाँडा पुगेका थिए। उनी त्यहाँ पुगेर काठमाडौँको फोहोर व्यवस्थापन समस्याको दीर्घकालीन समाधान नभएसम्म कुनै जितको उत्सव नमनाउने, खादा, माला नलाउने अनी अन्तर्वार्ता समेत नदिने दाबी गरेका हुन्।
जेठ १३, २०७९ शुक्रबार २०:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।