ब्यासमा पुनः मतगणनाको माग गर्दै जोशीले दायर गरेको मुद्दामा उच्च अदालतद्वारा कारण देखाउ आदेश 

ब्यासमा पुनः मतगणनाको माग गर्दै जोशीले दायर गरेको मुद्दामा उच्च अदालतद्वारा कारण देखाउ आदेश 

पोखरा : तनहुँको ब्यास नगरपालिकामा पुनः मतगणना माग गर्दै मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले दायर गरेको मुद्दामा उच्च अदालत पोखराले प्रतिवादीसँग कारण माग गरेको छ।

जोशीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले निर्वाचन आयोगसहितका विपक्षीहरूलाई १५ दिनभित्र उपस्थित हुन आदेश दिएको हो। एमालेको समर्थनमा ब्यास नगरपालिकामा स्वतन्त्रबाट मेयरको उम्मेदवार बनेका जोशीले मतगणना सकिएको तीन दिन पछि बिहीबार मतगणनामा धाँधली भएको भन्दै उच्च अदालतमा पुनः मतगणनाको माग गर्दै निवेदन दिएका थिए। 

जोशीको निवेदनपछि अदालतका न्यायाधीश द्वय ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जोशीको मागबमोजिम आदेश जारी गर्नु पर्ने वा नपर्ने बारेमा कानुनसम्मत आधा सहित उपस्थित हुन भनेको हो। 

ब्यासको मेयरमा नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपाने १२ हजार ७८ मत पाएर विजयी भएका थिए। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका थिए।

वैशाख ३० गते मतदानका दिन उम्मेदवार जोशीले तनहुँको रिस्तीको मतदान केन्द्रमा पुगेर मतपत्र च्यात्ने प्रयास गरेपछि भएको झगडामा उनी घाइते भएका थिए। 

मतदानको अन्त्य तिर झगडा भएको झगडालाई बहना बनाएर उनले त्यस मतदान केन्द्रमा पुनः दाम्रो पटक जेठ ४ गते मतदान गराउन सफल भएका थिए। ब्यासको मतगणनामा आफू पराजित भएपछि पुनः उनले अदालतको शरण लिन पुगेको छन्। 

मतगणना सकिएको तिन दिनपछि मतगणनामा धाँधली भएको भन्दै पुनः मतगणनाको माग गर्दै अदालत पुग्नुले उनले आफू विजयी भएको भए अदालत नजाने तर, पराजय भएपछि अदालत पुगेको भन्ने प्रस्ट हुन्छ।

जेठ १३, २०७९ शुक्रबार १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।